पोखरा अन्तराष्ट्रिय विमानस्थलमा नेपाल बैंकको बैंकिङ सेवा
पाेखरा | मंसिर १५, २०७९
पोखराः पोखरा अन्तराष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोवार नेपाल बैंक लिमिटेड मार्फत हुने सम्झौता भएको छ ।
पोखरामा नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रमुख विक्रमराज गौतमका विचमा सो सम्झौतामा हस्ताक्षर भएको हो ।
हस्ताक्षर कार्यक्रमपछि बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पन्तले बैंककातर्फबाट विमानस्थलमा हुने बैंकिङ सम्बिन्ध कारोवारमा कुनै गुनासो नआउने गरि सेवा प्रदान गने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यलय गण्डकीका प्रमुख प्रतिमा श्रेष्ठ लगाएतका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।
केही दिनअघि परीक्षण उडान सकिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा यही पुस १७ गतेदेखि व्यवसायिक उडान सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरिसकेको छ ।
काठमाडौं: निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनक...
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

